फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन अपरेशन सञ्चालन गर्छौंः गृहमन्त्री अर्याल

काठमाडौं, २२ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० लाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसमा नागरिक स्तरको तहबाट पनि सहयोग आवश्यक रहेको बताए ।

उनले सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्ने जोखिम रहेको औंल्याउँदै ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने एउटा ठूलो म्यासेज अहिले दिएको छ । त्यो अवस्था सत्ता परिवर्तनको मात्रै होइन सुरक्षा संकट नै निम्तिन सक्छ,’ उनले भने ।

अहिलेसम्म जेनजी आन्दोलनका क्रममा लुटिएका ७१० वटा हतियार फिर्ता भइसकेको र केही हतियार डढेको पनि जानकारी दिए ।

मन्त्री अर्यालका अनुसार, केही अझै फिर्ता हुन बाँकी छ। आन्दोलनका क्रममा १४ हजार ५४९ जना फरार रहेकोमा ९ हजार ५२१ जना फिर्ता आइसकेको र अझै पाँच हजार १०५ जना बाहिर रहेको जानकारी दिए ।

गृहमन्त्री अर्यालकाअनुसार अझै ३५ प्रतिशत कैदीबन्दी फरार छन् । करिब १४ हजार ५४९ जना फरार भएकोमा ९ हजार ५२१ जना ९६५ प्रतिशत० फिर्ता भइसकेका छन् । केही संख्या अझै पनि बाहिर छ । पाँच हजार १०५ जना अहिले पनि बाहिर छन्,’ उनले भने । गृहमन्त्री अर्यालले थपे, ‘हतियार र कैदीहरूलाई फिर्ता गर्नको लागि पटक पटक सूचना निकालेर आइदिनुस्, हतियार फिर्ता दिनुस् पनि भनेका छौँ । अझै बाहिर हुनुहुन्छ । त्यसलाई विशेष अपरेशन चलाउँछौँ । यसमा नागरिक स्तरको तहबाट पनि सहयोग चाहिन्छ ।’

उनले कानूनी राज्यको जगेर्ना गर्नु आफ्नो दायित्व भएको बताए । सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक भएको बताउँदै निजी क्षेत्रको दायित्व अर्थतन्त्रको जगेर्ना गर्नु भएको बताए । सरकार थप रचनात्मक भएर अघि बढ्ने प्रतिवद्धता जनाए । उद्योगी, व्यवसायी, तथा व्यक्तिगत सरक्षा आवश्यक परेमा त्या पनि उपलब्ध गराउन गृह प्रशानस प्रतिवद्ध रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्