मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिदै
काठमाडौं, २२ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिदैछन् । लोसपा नेता सोनल गत असोज २९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्रीले विश्वास मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । १०७ सदस्य मधेश प्रदेश सभामा हाल सत्ता गठबन्धनमा लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ । तर, जनमत भित्रको विभाजन र माओवादीभित्रको आन्तरिक किचलोले मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने निश्चित भइसकेको छैन । सबै गठबन्धनको सबै साँसदलाई विश्वास र सहमतीमा ल्याउनसकेमात्र सोनलले विश्वासको मत प्राप्त गर्नेछ ।















प्रतिक्रिया दिनुहोस्