लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुन्छ: राष्ट्रपति पौडेल

काठमाडैं, २१ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र द्वन्द्वमा नभई संवादमा बलियो हुने बताएका छन् ।

प्रतिनिधि सभाका सभामुख, उसभामुख राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख उपसभामुखसँगको शीतल निवासमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले जनताको आवाज सुनेर लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउनसके लोकतन्त्र र संसदीय प्रणाली अझ सुदृढ हुने जिकिर गरे ।

राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधानको रक्षा र लोकतन्त्रलाई अझ उन्नत बनाउन सकिने बताए ।

प्रतिनिधिसभा सदस्यको आगामी फागुन २१ गतेका निर्वाचन सफलतापूवर्क सम्पन्न गर्नु सबैको साझा दायित्व भएको बताए ।

राष्ट्रपति पौडेलले संसदीय प्रणालीको मजबुती कुनै एक दल, एक सरकार वा एक नेतृत्वको मात्र उत्तरदायित्व नभई सामूहिक राष्ट्रिय दायित्व भएको बताए ।

उनले नेपालको संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र नभई यो हाम्रो सहयात्रा, सहमति र सामूहिक सङ्कल्पको मार्गचित्र भएको बताउँदै यसको संरक्षणमा हामी सबै लाग्नुपर्ने बताए ।

राष्ट्रपति पौडेलले असन्तुष्ट स्वरहरूलाई बेवास्ता गरेर नभइ सुनेर समाधान खोज्ने नीति सबैमा हुनुपर्ने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्