मतदाता परिचय बनाउन प्रधानमन्त्री कार्कीको अपिल
काठमाडौं, २१ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले मतदाता परिचय बनाउन अपिल गरेकी छिन् ।
शुक्रबार एक भिडियो सन्देश जारी गर्दै उनले नजिकैको निर्वाचन कार्यालयमा गएर मतदाता परिचय बनाउन उनले आग्रह गरेकी छिन् ।
उनले ‘विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गरौं भन्दै यस्तो आग्रह गरेकी हुन् । उनले भने, ‘मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔं ।’
प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने मूलभूत साधन नै मताधिकार भएको जिकिर गरेकी छिन् । पहिलो, तपाई–हामी नागरिकको विवेक। त्यो विवेक, जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन ।
दोस्रो, त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन अर्थात् मतदाता परिचय पत्र नै हो ।
‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईं–हामीले हाम्रो मतदाता परिचय पत्र बनाउनुपर्छ,’ प्रधानमनत्री कार्कीले भनेकी छिन्, ‘अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । अथवा, यहाँहरु आफै सही प्रतिनिधि बन्नुपर्छ ।’















प्रतिक्रिया दिनुहोस्