मौसम सफा, हिमालीका केहि स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने
काठमाडौं, २१ कार्तिक। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नभई मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ।
विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्