शिख धर्मका प्रवर्तक गुरू नानकको ५५६ औँ स्मृति दिवस
काठमाडौँ, २० कात्तिक। शिख धर्मका प्रवर्तक गुरू नानकको ५५६ औँ स्मृति दिवस बुधबार सम्पन्न गरिएको छ। शिख धर्मावलम्बीले कुपण्डोलस्थित गुरूद्वारमा धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरिएको हो।
तत्कालीन समाजमा विद्यमान सामाजिक विकृति तथा कुरुतिका बिरुद्ध संघर्ष गरी गुरू नानकले आध्यात्मिक भावनाबाट समानता, बन्धुत्व, सद्गुणमा आधारित विभेद रहित समाजको परिकल्पना गर्नुभएको विश्वास छ।
सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गुरु नानक जयंतीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्नुभयो ।
गुरूद्वारका प्रमुख प्रितम सिंहले सामाजिक असमानताले विश्व परिवेशमा निम्ताएको द्वन्द्व र हिंसात्मक घटना अन्त गर्न नानकले दिएको शिक्षा तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले मानवतावादी दर्शनको शुरुआत गर्ने गुरु नानकले प्रतिवादन गरेको आध्यात्मिक दर्शन मानव कल्याणका लागि उपयोगी रहेको बताउनुभयो।
गुरुद्वार व्यवस्थापन समितिका सचिव हरपाल सिंहले
विश्वभरका शिख धर्मावलम्बीहरुले गुरु नानकको स्मृतिमा जन्म जयन्ती मनाउने गरेको बताउँदै आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिने प्रष्ट पार्नुभयो।
काठमाडौँमा पशुपति भित्र गुरु नानक मठ (भस्मेश्वरी) र राज राजेश्वरी (निर्मल अखाडा), शोभा भगवती तथा ज्ञानेश्वर बालाजुको गुरुद्वारा प्रचीन मानिन्छ।
गुरु नानक बालाजु गुरुद्वारामा आएर बसेको विश्वास छ। प्राचीन नानक मठ शिख धर्मालम्बीहरुको पवित्र तीर्थस्थलका रूपमा लिइन्छ।
गुरु नानकको जन्म १४६९मा हाल पाकिस्तानको लाहौरमा गुरु नानकको जन्मस्थलमा ‘गुरु नन काणा साहिब’ भनेर संरक्षण गरिएको छ। कृष्णराज






















प्रतिक्रिया दिनुहोस्