बिहार विधानसभा निर्वाचन, १२१ विधानसभा सिटमा मतदान
बिहार, २० कार्तिक। बिहार विधानसभा निर्वाचनको पहिलो चरणमा बिहीबार १८ जिल्लाका १२१ विधानसभा सिटमा मतदान भइरहेको छ। यस चरणमा कुल १ हजार ३१४ उम्मेदवारका लागि मतदाताले आफ्नो मत खसाल्दै छन्।
बिहारको राजनीतिमा चर्चामा रहेका प्रायः सबै ठूला अनुहारको सिट पहिलो चरणको मतदानमै समेटिएको छ। पटना, मुजफ्फरपुर, दरभंगा, मधेपुरा, सहरसा, गोपालगञ्ज, सिवान, सारण, वैशाली, समस्तीपुर, बेगुसराय, लखिसराय, मुङ्गेर, शेखपुरा, नालन्दा, बक्सर र भोजपुर जिल्लामा आज मतदान हुँदैछ।
यसपटकको चुनावमा पनि एनडीए र विपक्षी महागठबन्धनबिच सीधा प्रतिस्पर्धा हुने अनुमान छ। तर, प्रशान्त किशोरको पार्टी जन सुराज ९जनशक्ति जनता दल० ले पनि धेरै सिटमा चुनावी समीकरण बिगार्न सक्ने सम्भावना छ।
चर्चामा रहेका केही प्रमुख उम्मेदवार:
तेजस्वी यादवः महागठबन्धनका मुख्यमन्त्री उम्मेदवार तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव राघोपुर सिटबाट चुनाव लडिरहेका छन्। उनको प्रतिस्पर्धा बीजेपीका सतीश कुमार सिंहसँग हुनेछ। यस सिटबाट तेजस्वी दुई पटक विधायक बनिसकेका छन्।
तेज प्रताप यादवः आरजेडीबाट अलग्गिएपछि आफ्नै पार्टी जनशक्ति जनता दल बनाएका लालू प्रसाद यादवका जेठा छोरा तेज प्रताप महुआ सिटबाट चुनावमा छन्। उनको भिडन्त आरजेडीका वर्तमान विधायक मुकेश रौशनसँग हुनेछ।
सम्राट चौधरीः नितिश सरकारका उपमुख्यमन्त्री सम्राट चौधरी बीजेपीको तर्फबाट तारापुरबाट पहिलो पटक चुनाव लड्दै छन्। यस सिटमा उनको सीधा प्रतिस्पर्धा आरजेडीका अरुण कुमारसँग हुने मानिएको छ।
विजय कुमार सिन्हाः अर्का उपमुख्यमन्त्री विजय कुमार सिन्हा लखीसराय सिटबाट लगातार चौथो पटक चुनावी मैदानमा छन्।
खेसारी लाल यादवस् भोजपुरी गायक तथा अभिनेता शत्रुघ्न यादव उर्फ खेसारी लाल यादव आरजेडीको टिकटमा छपरा सिटबाट उम्मेदवार बनेका छन्। यो सिटमा उनको प्रतिस्पर्धा बीजेपीकी छोटी कुमारीसँग हुने देखिन्छ।
मैथिली ठाकुरः चुनावअघि बीजेपी प्रवेश गरेकी गायिका मैथिली ठाकुर दरभंगाको अलीनगर सिटबाट मैदानमा छिन्। उनको प्रतिस्पर्धा आरजेडीका विनोद मिश्रसँग हुनेछ।
बाहुबली भिडन्तस् बाहुबलीको चर्चाका कारण मोकामा सिट निकै चर्चामा छ, जहाँ बाहुबली नेता मानिने वीणा देवी ९आरजेडी० र अनन्त सिंह ९जेडीयू० आमने(सामने छन्।
प्रीति किन्नरस् गोपालगञ्जको भोरे सिटबाट प्रशान्त किशोरको जन सुराज पार्टीले ट्रान्सजेन्डर प्रीति किन्नरलाई उम्मेदवार बनाएकाले यो सिट पनि चर्चामा छ।
ओसामा शहाबः सिवानका पूर्वसांसद शहाबुद्दीनका छोरा ओसामा शहाब आरजेडीको तर्फबाट रघुनाथपुर विधानसभा सिटबाट उम्मेदवार छन्।
शिवानी शुक्लाः बाहुबली मुन्ना शुक्लाकी छोरी शिवानी शुक्ला आरजेडीबाट लालगञ्ज सिटबाट चुनाव लड्दै छिन्। उनले लन्डनको लिड्स युनिभर्सिटीबाट वकालत पढेकी छन्।
यसबाहेक, पहिले चरणमा नितिश सरकारमा मन्त्री रहेका विजय कुमार चौधरी ९जेडीयू, सरायरञ्जन० र बीजेपीका उम्मेदवार तथा पूर्व स्वास्थ्य मन्त्री मंगल पाण्डे ९सिवान० पनि चुनाव मैदानमा छन्।
बिहारमा दुई चरणको मतदानका लागि कुल ७ करोड ४३ लाखभन्दा बढी मतदाताका लागि ९० हजार ७१२ मतदान केन्द्र बनाइएको छ।
दोस्रो चरणको मतदान २० जिल्लाका १२२ सिटमा नोभेम्बर ११ मा हुनेछ भने मतगणना नोभेम्बर १४ मा गरिनेछ। समाचार एजेन्सी















प्रतिक्रिया दिनुहोस्