कांग्रेस नियमित महाधिवेशन गर्ने पक्षधरले आज भेला आयोजना गर्दै
काठमाडौं, २० कार्तिक। नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने की विशेष महाधिवेशन गर्ने भन्ने विचमा निकै पेचिलो बन्दै गएको छ । नियमित पक्षधरले आज काठमाडौंमा भेला आयोजना गर्दैछ ।
विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार बिहान भेला आयोजना गर्न लागेका हुन् ।
भेला आयोजकमध्येका एक नेताका अनुसार बिहीबार बिहान साढे ११ बजे अनुपम फुडल्यान्डमा भेला हुनेछ ।
कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेको छ ।
कांग्रेसका शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिए पनि महामन्त्री गगन थापा पक्षले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशन माग गर्दै संकलन गरिएका हस्ताक्षर २९ असोजमा पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो ।
महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६देखि १९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।
त्यसको काउन्टरमा संस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी २७(३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।
पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन । यसले गदाृ पार्टीलाई अन्योलता बढाएको छ ।















प्रतिक्रिया दिनुहोस्