अधिकांश स्थानमा मौसम सफा, एक–दुई स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौं, २० कार्तिक। आज देशका अधिकांश भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव मात्र छ । उल्लेख्य मौसमी प्रणाली नभएकाले मौसम सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ ।
महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।















प्रतिक्रिया दिनुहोस्