नेपाली कम्युनिस्ट पार्टीको एकता घोाषणाको राष्ट्रिय सम्मेलन सुरु
काठमाडौं, १९ कार्तिक । नेपाली कम्युनिस्ट पार्टीको एकता घोाषणाको राष्ट्रिय सम्मेलन सुरु भएको छ । पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिस्ट पार्टीहररु मिलेर बनको नेपाली काम्युनिष्ट पार्टीको बुधवार काठमाडौँमा सम्मेलन सुरु भएको हो ।
सम्मेलनमा पार्टीका शीर्ष नेताहरू दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक सुरुवात गरेका हुन् । सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेताले जानकारी दिए ।
सम्मेलनमा पार्टीको विधान, केन्द्रीय कमिटी तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ । पार्टीले जनाएको छ । यो सँगै नेपाली राजनीतिमा नेपाली कम्युनिष्ट पार्टीलाइै एउटा बलियो शक्ति स्थापित हुने नेताहरुले विश्वाश लिएका छन् ।















प्रतिक्रिया दिनुहोस्