आज सुन र चाँदीको दबै धातुको मूल्य घट्यो

काठमाडौं, १९ कार्तिक । नेपाली बजारमा आज सुन र चाँदीको दबै धातुको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले घट्यो भने चाँदी तोलामा २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो समय सुनको मूल्यमा निरन्तर गिरावट भइरहेको छ ।

त्यस्तै, यस दिन चाँदी तोलामा २५ रुपैयाँ घटेको छ । आज बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । यसले हिजो र र आज पनि सुुन र चाँदी दुवै घटेको छ । उपभोक्त वा खरिद कर्तालाई केहि सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्