निःशर्त फर्किन लागेका हौं, हाँसेर बोल्दिए पुग्छ : किसान श्रेष्ठ
काठमाडौं, १९ कार्तिक। नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले नेकपा एमालेमा निःशर्त फर्किन लागेको बताएका छन् । उनले एकताभन्दा पनि पसिना बगाएको मूल घर नेकपा एमाले भएकाले सो पुरानो घर नै फर्किन लागेको बताए ।
आज पत्रकार सम्मेलनमा उनले भने, ‘हामीलाई केही चाहिएको छैन मूल घरमा हाँसेर बोल्दिए, सम्मानजनक व्यवहार गर्दिए पुग्छ ।’ ‘हामी निःशर्त आफ्नो घर फर्किन चाहन्छौं । त्यो वातावरण बनाइदिन अनुरोध गर्न चाहान्छु,’ श्रेष्ठले थपे ।
पत्रकार सम्मेलन गर्नुको कारण सुनाउँदै उनले भने, ‘कसैसँग समाहित वा एकता भन्दा पनि मूल घर, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा एमालेमा प्रवेश गर्ने होइन कि निःशर्त घर फर्किने सिलसिलामा पत्रकार सम्मेलन आयोजना गरेका हौं ।’
नेता किसान श्रेष्ठसँगै नेतृ रामकुमारी झाँक्री लगायतका नेताहरु एमाले फर्किन लागेको जानकारी दिन काठमाडौंको होटल बसेरामा पत्रकार सम्मेलन आयोजना गरिएको छ हो ।















प्रतिक्रिया दिनुहोस्