आज पनि यी स्थानहरुमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १८ कार्तिक। हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ र बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पस्र्वानुमान महाशाखाले जनाएको छ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमको अनुकुलता अनुसार याता तथा बाली कठान गर्न पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्