पदबाट राजीनामा दिन लागेको होइन: मन्त्री कुलमान घिसिङ

काठमाडौं, १७ कार्तिक। ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा सत्यता नरहेको बताएका छन् ।

उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै प्रष्ट्याएका हुन् ।

‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु’ उनलेका भनेका छन्,’जेन(जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थि बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’ यस्तो हल्ला निधारधार रहेको उन बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्