प्रधानमन्त्री कार्कीको सबै मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं, १७ कार्तिक। प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी छिन् ।

वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले बैठक सिंहदरबारमा जारी छ ।

सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ ।

आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा उनले निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्