स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा

काठमाडौं, १७ कार्तिक । स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ । काठमाडौंको कालिमाटी स्थित नारायणी कम्पलेसमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको हो ।

सो एकेडेमीको उद्घाटन वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक सहेत रहेका महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । उनले शुभकामना ब्यक्त समेत गरिन ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गदै आज आफै एकेडेमी चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन ।

स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् । यो सँगै सुन्दर हुन चाहनेहरु र सौन्दर्यकला सिक्नेहरुका लागि नयाँ अवसर समेत आएको छ ।

प्रतिक्रिया दिनुहोस्