फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं,१७ कार्तिक । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३ लाख ६० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ ।
संस्थाको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । यो शेयरमा संस्थाका संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ ।
यसैगरी लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा १०० अंकले भाग जाने गरी आवेदन दिन सकिनेछ ।
शेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा बुझाउनु पर्नेछ ।















प्रतिक्रिया दिनुहोस्