सुजितकुमार शाक्य बने एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत

काठमाडौं,१७ कार्तिक । एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।
बैंकले ४ वर्षका लागि बैंकको सीईओ नियुक्त गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई दिएको छ ।
आज बसेको बैंकको सञ्चालक समितिको ७३६औं बैठकले शाक्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई गराएको हो ।

 

प्रतिक्रिया दिनुहोस्