राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान

काठमाडौं, १७ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् । आज बिहान ९ःः१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन्।

पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्।

 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन्। यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ।

उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्