माओवादी केन्द्र, समाजवादीसहित ८ वटा दलबिच एकता गर्ने सहमतिमा हस्ताक्षर, १९ गते घोाषण

काठमाडौं, १६ कार्तिक । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ वटा दलबिच पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबिच १८ बुँदे सहमति भएको हो ।सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने।क।पा। माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने।क।पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।
यो एकतासँगै माओवादी बलियो शक्ति बन्ने छ । पार्टी पार्टी एकतको घोषणा १९ गते हुन छ ।

प्रतिक्रिया दिनुहोस्