प्रधानमन्त्री सुशीला कार्की र सात प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु
काठमाडौं, १६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्की र सात प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु भएको छ। आइतबार अपराह्न सबै मुख्यमन्त्रीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो ।
बैठक अपराह्न ४ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलागरी सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सहभागि भएका छन् ।
परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचतन भदौ २३ र २४ गतेको आन्दोलनपछिको अवस्थालाईउ कसरी अवतरण गर्न सकिन्छ भन्ने कुरामा छलफल केन्द्रीत रहेकोछ ।















प्रतिक्रिया दिनुहोस्