आजदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय समय एक घण्टा घट्यो

काठमाडौं,१६ कात्तिक । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्।

राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन् भनिएको छ।

यो तीन महिनाको अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको  हो ।

जाडो मौसममा दिनको उज्यालो छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्