नेकपा एमालेको सचिवालय बैठक सुरु
काठमाडौं, १५ कार्तिक । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
अध्यक्ष केपी ओलिको निवास भक्तपुरको गुन्डुमा बैठक जारी बैठकमा महाधिवेशनको तयारीका लागि बैठक बसेको हो । बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ ।
असोज अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले आउने मंसिर २७ देखि ३० गतेसम्म एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।
यसको समय तालिका र अ्रन्य विषयहरुको टुंगो लगाउन बैठकले लगाउने छ ।















प्रतिक्रिया दिनुहोस्