भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित

काठमाडौं, १५ कार्तिक । भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । मौसम अराब भएका कारण विभिन्न विमानस्थलहरू बन्द भएका हुन् ।
भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको छ । बाक्लो बादलले हिमाल ढाकिएपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् ।

आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ ।

बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्