माओवादीसँग एकता गर्ने समाजवादीको केन्द्रीय कमिटीको निर्णय

काठमाडौं, १४ काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको छ ।

बुधबार सुरु भएर शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय गरेका हुन् । उनको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ । बैठकमा अध्यक्ष नेपालले थप गृहकार्य सचिवालय बैठकले गर्ने पनि सुनाएको नेता नन्द बञ्जाडेले जानकारी दिए ।

तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल, रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा रहेका छन् । पार्टी एकताका ेविपक्षमा भएका नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने अन्योलता भएको छ । उनीहरुले माओवादी केन्द्रमा जनाने प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्