हिमालयन बैंकको संस्थापक समूह तर्फको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं,१४ कार्तिक । हिमालयन बैंकको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ ।
बैंकको संस्थापक समूहको १ लाख १९ हजार ९९७ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
बैंकको शेयर खदिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।
यसअघि बैंकले यो शेयर आफ्ना संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरेको थियो । तर, तोकिएको ३५ दिन कुनै पनि संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि इच्छा नदेखाएकोले संस्थापक बाहेकका व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरि सूचना प्रकाशित गरेको हो ।















प्रतिक्रिया दिनुहोस्