सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो

काठमाडौं, १४ कार्तिक । केहिदिनदेखि ओरालो लागेको सुनको मुल्य शुक्रबार भने बढेको छ । अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार नेपाली बजारमा आज सुन प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो २ लाख ३६ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन मूल्य बढेपछि नेपाली बजारमा प्रभाव परेको हो ।

अमेरिकी केन्द्रीय बैंकले हालै कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले पनि सुनचाँदीको भाउ बढ्न दवाव पुगेको हो । यसले गर्दा नेपाली बजारमा प्रभा पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्