अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न चेतावनी
काठमाडौं, १४ कार्तिक । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न आग्रह गरेको छ।
काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणले संयुत्त, रुपमा एक सार्वजनिक सूचना जारी गर्दै असोज २ गतेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न आग्रह गरिएको उल्लेख गरेको छ।
अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने महानगर सहित प्राधिकरणले चेतावनी दिएको छ ।















प्रतिक्रिया दिनुहोस्