गौरबाट काठमाडौंतर्फ आउँदै गरेको बस भरतपुर टिकौलीमा दुर्घटना हुँदा ३३ जना घाइते

काठमाडौं, १४ कार्तिक । गौरबाट काठमाडौंतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा दुर्घटना भएको छ । सो बस आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

चितवन स्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ । दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्