मोन्था चक्रवातको आंशिक प्रभाव मधेश र कोशीमा भारी वर्षा, हिमाली भेगमा हिमपात सम्भावना
काठमाडौं, १४ कार्तिक । बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक प्रभावले मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा मोरङको हरैंचामा सबैभन्दा धेरै १०४ मिलिमिटर वर्षा भएको मौसम पस्र्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी सप्तरीको बरमझियामा ५७.४ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको उनले जानकारी दिइन् ।
साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने उनले बताए ।
यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ ।
भोलि शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिइन् । नदि टटियक्षेत्रहरुमो पानीको सतह बढ्ने भएकाले सर्तक रहन पनि विभागले आग्रह गरेको छ । बालीनाली भित्र्याउने सजिन भएकाले मोसमको अनुकुलता हेरेर मात्र बालीकाट्न विभागले भनेको छ ।















प्रतिक्रिया दिनुहोस्