सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं,१२ कात्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सुरु भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो ।

यो बैठकमा ऊर्जा, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू यस बैठकमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्