उच्च दरले लाभांश घोषणा गर्दै सोल्टी होटलले बोलायो साधारणसभा
काठमाडौं,१२ कार्तिक । सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको करसहित १६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कात्तिक ११ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश प्रस्ताव पारित गर्न तथा अन्य निर्णयका लागि कम्पनीले आगामी मंसिर २८ गते आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा ५१ औं वार्षिक साधारणसभा बोलाएको छ ।
होटलले साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।















प्रतिक्रिया दिनुहोस्