श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँट
काठमाडौं,१२ कार्तिक । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आईपीओ निष्काशन गरेको थियो । सो आईपीओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए। यसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएका छन्।
यस आईपीओ आईपीओ मागभन्दा बढी आवेदन परेकोले गोला प्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ । यस अनुसार २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्। बाँडफाँट गर्दा शेष रहेको ३ कित्ता सेयर सोही लगानीकर्तामा वितरण गर्दा ३ जना आवेदकले ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।















प्रतिक्रिया दिनुहोस्