सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
काठमाडौँ, १२ कार्तिक। सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
सगरमाथा आधार शिविर नजिकै लोबुचेमा आज बिहान उक्त हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए ।
हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनी सकुशल रहेको कुँवर बताए । पर्यटकको उद्धारको लागि गएको हेलिकोप्टर ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकोप्टरको उद्धार गर्ने काम अगाडि बढिरहको छ । दुर्घटना के काराण भयो भन्ने विषयमा अनुसन्धान हुँदै छ ।















प्रतिक्रिया दिनुहोस्