प्रधानमन्त्री कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग भोलि छलफल गर्ने
काठमाडौं, ११ कार्तिक । सरकार। राजनीतिक दल र जेनजीप्रतिनिधिबीच विशेष वार्ता हुने भएको छ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् ।
बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
सरकारले दलसँग संवाद नगरेको अराोप लागिरहका बेला यसकार यस्तो वार्ता गर्न लागको हो । यसले सबैलाई सकारात्मक सन्देस जानेछ ।
बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक सरकार,राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्