विप्लवले ‘कम्युनिस्ट पार्टी नेपाल’ नामको दल दर्ता गर्दै
काठमाडौँ,११ कात्तिक । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ । दल दर्ताका आज आयोग जाने भएका छन् । दर्ता हुने पार्टीको नाम ‘कम्युनिस्ट पार्टी नेपाल’ प्रस्ताव गरिएको छ ।
तीन वटा विकल्प लिएर अयोगमा जाने । दलको नाम कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव गरेको । नामको सम्बन्धमा आयोगका पदाधिकारीसँग पनि छलफल गर्ने र अन्य विकल्पबारे पनि छलफल भइरहेको छ तर निष्कर्षमा पुगेको जनाएको छ ।
आयोगका कुन कुन दल दर्ता भएका छन्, कुन कुन प्रक्रियामा छन्, ती सबै अध्ययन गरेर मात्र पार्टी दर्ता गर्ने तयारी गरेको एक सदस्यले बताएका छन् । सकेसम्म पार्टीको नाम पछाडि फुर्को नजोड्ने गरी राख्छौँ । चुनाव चिन्हबारे पनि निष्कर्षमा पुगेको छैन’, ती सदस्यले भने ।
आयोगमा बुझाउन १५ सय जनाको हस्ताक्षर र विधान तयार पारिएको तथा नपुगेको बाँकी दस्ताबेज पछि उपलब्ध गराउने स्रोतले बतायो ।
्















प्रतिक्रिया दिनुहोस्