मनाङका विभिन्न स्थानमा हिमपात
काठमाडौं, ११ कार्तिक । हिमाली जिल्ला मनाङका विभिन्न स्थानमा हिमपात भएको छ । तिलिचो बेसक्याम्प, मनाङ बजार, हुम्दे, पिसाङ लगायतका स्थानमा हिमपात भएको हो ।
अरब सागरमा विकसित मौसमी प्रणालीको असरले नेपालका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र केही स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हिमपात र वर्षासँगै चिसो बढेको छ । तर घुम्न गएकाहरु हिउँ खेल्न पाउँदा रमाएका छन् । वर्षा र हिमपातले हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।
हिमपात जारी छ । बसेको ठाउँबाट बाहिर निस्किने अवस्था पनि छैन ।















प्रतिक्रिया दिनुहोस्