छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न

काठमाडौं, ११ कार्तिक । हिन्दुहरुको महान पव्र्र रुपमा रहेको सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ  दिएपछि सम्पन्न भएको छ ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि रहेको छ ।

नदि किनारा तलाउ तथा पोृखरीमा यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

छठ पर्व तराई÷मधेशसहित काठमाडौं उपत्यकामा उल्लासका साथ मनाइएको छ । काठमाडौंमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरी, बागमती किनारा मा छठ मनाइएको छ ।

बिहानै भक्तजनले उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन भएको छ ।

यसपटक गौरीघाटमा पाँच लाखभन्दा धेरैले पूजा गरेको जनाइएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो सालको छठ समापन भएको छ ।
यस पर्वले सामाजिक सद्भावका साथै धार्मिक विश्वास बढ्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्