मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालक ट्राफिकको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा कार्तिक ९ गते
गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी
यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक
प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक
कलिकोटको पचालझरना गाउँपालिका ७ घर भई हाल
काठमाण्डौँको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाई, बा ५ ख
७९१ नम्बरको भाडा बस चालक सिन्धुपाल्चोकको मेलम्ची
नगरपालिका ७ घर भई हाल मुलपानी बस्ने ३४ वर्षीय सिताराम
गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायस
चालक काठमाडौँको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जनलाई
काठमाडौँको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै बागमती प्रदेश-०१-००६ ख ८९८३ नम्बरको महानगर
यातायातको बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका
१३ घर भई हाल काठमाडौँको वाफल बस्ने ३७ वर्षीय सकुल
डोटेललाई गौशालाबाट र बा ४ ख ९३५६ नम्बरको बस चालक
नुवाकोटको विदुर नगरपालिका २ घर भई काठमाडौँ बस्दै आएका
३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट, बागमती प्रदेश ०१-
००६ ख ५४३१ नम्बरको रात्रिकालिन बसका चालक सप्तरीको
राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादवलाई
कोटेश्वरबाट र बा ४ ख ४१० नम्बरको माइक्रो चालक सर्लाहीको
बागमती नगरपालिका १ का ३६ वर्षीय अजय गोलेलाई
ललितपुरको सातदोबाटोबाट मादक पदार्थ सेवन गरी यात्रुवाहक
सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले
नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि
सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज
सुवेदीले जानकारी दिनु भयो ।















प्रतिक्रिया दिनुहोस्