प्रभु बैंक लि. को संस्थापक समूहको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं,१० कार्तिक । प्रभु बैंकको करिब सवा ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ ।

बैंकको संस्थापक समूहको ४ लाख २२ हजार ८०७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्। यसअघि ३५ दिनको सूचना निकालेर संस्थापक शेयरधनीहरु शेयर बिक्री खुला गरिएकोमा निवेदन परेको अहिले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्रीमा राखिएको हो ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ । निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्