यस्तो छ आज मौसम

काठमाडौं, १० कार्तिक । केहि दिनदेखि सफा रहको मौसम आज भने बादल लागेको छ । यसले गर्दा चिसो अनुभव भएको छ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको असरले आज देशभरको मौसममा बदली रहने मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषणमा उल्लेख छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रहनेछ । बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ ।

सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । पर्यकहरुलाई यात्रा गर्दा मौसमको ख्याल गरि पदयत्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्