सरकारलाई राजदूत फिर्ताको कारण पेश गर्न सर्वोच्चको आदेश
काठमाडौ,९ कात्तिकं । सर्वोच्च अदालतले विभिन्न ११ देशका नेपाली राजदूतहरू फिर्ता गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
राजदूत फिर्ताको निर्णय कानुनसम्मत नभएको जिकिरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।
निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले ‘कारण देखाउ आदेश’ जारी गरेको हो ।
सरकारले केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका राजदूतलाई २० कात्तिकसम्म फिर्ता हुन निर्देशन दिएको थियो ।
संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन र जापानका लागि नेपाली आवासीय राजदुतहरूलाई फिर्ता बोलाइएको थियो ।















प्रतिक्रिया दिनुहोस्