क्षतिको आकलन गर्न सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल

काठमाडौं,९ कात्तिक । अर्थमन्त्री रामेश्वर खनाल सर्वोच्च अदालत पुगेका छन् ।

नवनियुक्त मन्त्रीहरूको शपथलगत्तै शितल निवासबाट उनी सर्वोच्च अदालत पुगेका हुन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै उनी सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा बुझ्नका लागि उनी सर्वोच्च परिसरमा पुगेको अदालत स्रोतले बताएको छ ।

यसअघि पनि सरकारका प्रतिनिधिहरूले निरीक्षण गरेका थिए । आगामी बुधबारदेखि सर्वोच्चले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्