राधी विद्युत कम्पनीलाई हकप्रद निष्काशन गर्न आयोगको स्वीकृती

काठमाडौं,९ कार्तिक । विद्युत नियमन आयोगले राधी विद्युत कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ । आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्