कैलालीमा नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहिततीन बालिकाको मृत्यु

धनगढी, ७ असोज । कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका- ३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय,जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाई र निशा बजगाईको मृत्यु भएको बताए। बजगाई जुम्ल्याहा दिदीबहिनी भएको जानकारी दिए।

नहरमा डुबेको अवस्थामा उद्दार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए।
तीनै जनाको शव अस्पतालमा राखिएको छ । घटनाका अन
सन्धा भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्