आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

काठमाडौं, ७ असोज । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो। अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका छन् ।

उनीविरुद्ध भने कुनै जाहेरी नपरेको परिसरका एसपी भट्टराईले बताए । यो मृत्यु प्रकारणले निकै रहस्यमय बनाएको छ । प्रहरीले सुष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्