दिदीबहिनी नहुनेले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका
काठमाडौं, ६ कार्तिक । आज भाई टिका सबै दाजुभाइृ तथा दिदीबहिनीहरुले टिका लागाई तिहार बनाइरु रहेका छन् । यस्तै दिदीबहिनी नहुनेहरु दाजुभाईहरुले आज रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्। तिहारको प्रमुख भाइटीकाका दिन आज उनीहरूले आपसी माया, स्नेह र आस्थाको पर्व मनाएका हुन्।
भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेटमा जुरे पनि बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि नै सर्वसाधारणका लागि खोलिएको थियो। मन्दिरमा रहेका पुजारी भेमब कोइरालाले दिउँसोसम्म करिब १५ सय जनाले टीका लगाइसकेको जानकारी दिए।
परम्पराअनुसार यो मन्दिर वर्षमा एक दिन भाइटीकाको अवसरमा मात्र खोलिने गरिन्छ। बिहान सबेरैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि बालगोपालेश्वर मन्दिरमा आज विशेष चहलपहल देखिएको थियो।
दिदीबहिनी वा दाजुभाइ नहुनेले यस मन्दिरमा गएर बालगोपालेश्वरको दर्शन गरी टीका लगाउने चलन छ। यो परम्परा आफ्ना नजिकका दाजुभाइ वा दिदीबहिनी नभएकाले पनि तिहारको मुख्य पर्वको मर्म अनुभव गर्न सकून् भन्ने मान्यताका साथ प्रारम्भ भएको हो।
मन्दिरमा पुगेका भक्तजनहरूले फूल, माला, अक्षता, रङ् र मिठाई चढाई बालगोपालेश्वरको आराधना गर्ने गरेका छन्। यससँगै परम्परागत विधिअनुसार पञ्चरङ्गी र सप्तरङ्गी टीका लगाउने गर्छन्। टीका लगाइसकेपछि श्रद्धालुहरूले एकअर्कालाई शुभकामना साटासाट गर्दै दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्ने गरिन्छ।
भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र कल्याणको कामना गर्दै टीका लगाउने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र आशीर्वाद दिने परम्परा रहिआएको छ। यसले गर्दा तिहारको रौनक निकै हुने गर्दछ ।















प्रतिक्रिया दिनुहोस्