विपिन जोशीको शवयात्रा सुरु, महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिने
कञ्चनपुर, ४ कार्तिक । हमासको आक्रमणबाट मुत्यु भएका अन्त्येष्टि गर्नु अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् ।
उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)सागर बोहराले राष्ट्रिय सम्मानसहित जोशीको धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिन लागेको जानकारी दिए । उनकाअनुसार विपिन जोशीको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गर्नेछ ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।















प्रतिक्रिया दिनुहोस्