आज सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
काठमाडौं,२ कार्तिक । आईतबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया दिनुहोस्