एमाले अध्यक्ष ओलीले आज पत्रकार भेटघाट गर्दै
काठमाडौं, २ कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार भेटघाट गर्दैछन् । जेनजी आन्दोलनपछि सत्ताच्युत भएपछि उनले पहिलोपटक पत्रकारहरु बोलाएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
पत्रकार भेटघाट कार्यक्रम दिउँसो एक बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ ।
ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठक समापनमा घुमाउरो तरिकारले विद्या भण्डारीको सदस्यता नवीकरणका लागि सकारात्मक संकेत गरेका छन् । जसकारण फरक मत राख्ने इतर पक्षका नेताहरूको तयारी भने रोकिएको थियो । आजको पत्रकार भेटघाटमा उनले र्वतमान राजनीतिक अवस्था, पार्टीो भावि रणनीति, विदाभण्डारीका सदस्यता नविकरण लगायत विषयमा केन्द्रीत हुने छन् ।















प्रतिक्रिया दिनुहोस्